Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई भव्य स्वागत

क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई भव्य स्वागत

इच्छाकामना न्युज

२३, माघ २०७७
क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई भव्य स्वागत
images

चितवन, २३ माघ । क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलमा शुक्रबार दिउँसो १ः३५ बजे ओर्लिएको कलाकार र खेलाडीको टोलीलाई पञ्चेबाजासहित स्वागत गरिएको हो ।

images
images

उनीहरुलाई दाताराम घिमिरेलगायतले स्वागत गरेका थिए । भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले भोलि (शनिबार) हुन लागेको ‘स्टार क्रिकेट २०२१’ खेल्न सो टोली चितवन आइपुगेको हो । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ हुन लागेको हो ।

नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने प्रतियोगितामा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, बद्री पंगेनी, रामकृष्ण ढकाल, संगीना वैद्य, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:२७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology