Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

गोर्खाली पत्रकार भीमलाल श्रेष्ठ निर्देशित मकैको विवाहलाई ‘बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड’

गोर्खाली पत्रकार भीमलाल श्रेष्ठ निर्देशित मकैको विवाहलाई ‘बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड’

images

इच्छाकामना न्युज

१९, चैत्र २०८०
गोर्खाली पत्रकार भीमलाल श्रेष्ठ निर्देशित मकैको विवाहलाई ‘बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड’
images

गोरखा । पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ । आइतबार राजधानी काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सो डकुमेन्ट्रीलाई पुरस्कृत गरिएको हो ।

प्रतिस्पर्धाका लागि छनौट भएका ३७ देशका ९९ डकुमेन्ट्री फिल्महरुमध्य मकैको विवाहले उत्कृष्ट डकुमेन्ट्री फिल्म एवार्ड जितेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदीप पौडेलले विजेता श्रेष्ठलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

फिल्म निर्देशक श्रेष्ठले गोरखाको धार्चे ४ लाप्राक लगायतका विभिन्न गाउँमा प्रचलित सांस्कृतिक पर्व मकैको विवाहको विषयमा सो डकुमेन्ट्री तयार पारेका थिए ।

images
प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - ०७:५६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology