Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दुई बर्षदेखि बन्द गोरखाको मनकामना सुति कपडा उद्योग पुन संचालनमा आउँदै

दुई बर्षदेखि बन्द गोरखाको मनकामना सुति कपडा उद्योग पुन संचालनमा आउँदै

images

इच्छाकामना न्युज

२२, चैत्र २०८०
दुई बर्षदेखि बन्द गोरखाको मनकामना सुति कपडा उद्योग पुन संचालनमा आउँदै
images

गोरखा । बिगत दुई बर्षदेखि बन्द रहेको मनकामना सुति कपडा उद्योग पुनः संचालनमा आउने भएको छ । गोरखा नगरपालिका–११ मा रहेको उक्त उद्योग नयाँ व्यवस्थापन सहित पुनः संचालन गर्न लागिएको संचालक तुलसी देवकोटाले बताए । ‘गोरखा नगरपालिकाले दुई लाख बराबरको भौतिक सामग्री उपलब्ध गराउने भएको छ,’ उनले भने, ‘बन्द भएको उद्योग चलाउन त्यसले ठुलै राहत मिल्छ ।’

२०३९ सालमा स्थापना भएर संचालनमा आएको उक्त उद्योग २०७८ सालबाट बन्द भएको हो । कोरोना महामारीका कारण उद्योग बन्द गर्नुपर्ने बाध्यता भएको देवकोटाले जानकारी दिए । ‘हाम्रो उत्पादन देशैभर प्रख्यात थियो । ७७ वटै जिल्लामा उत्पादन बिक्री वितरण हुन्थ्यो तर बिभिन्न कारणले बन्द गर्नुपर्ने अवस्था सृजना भयो,’ उनले भने । उनका अनुसार उद्योगबाट उत्पादित स्वदेशी कपडाको साडी, पछ्यौरी, झोला, टोपीको बिक्री वितरण बढी हुन्थ्यो । जनजाती समुदायले ओड्ने पछ्यौरी र कपडाहरु पनि उत्तिकै लोकप्रिय थियो ।

‘हामीहरुले गुरुङ र मगरहरुले लगाउने भाङग्रा, ढाकाको कपडा र पछ्यौरीहरु बढी उत्पादन गथ्र्याै । पोखरादेखीका उद्योगहरु हाम्रोमा कपडा प्रशोधन गर्ने आउथेँ,’ उनले भने । उक्त उद्योगले धेरै महिलाहरुलाई रोजगारको अवसर दिलाएको देवकोटा बताउँछन् । ताप्ले, मनकामना लगायतका क्षेत्रका महिलाहरुलाई घरमै तान उपलब्ध गराएर रोजगार समेत दिएको उनी सम्झन्छन् । उनका अनुसार उद्योग संचालनको समयमा करिव ८० जनाले रोजगार पाएका थिए ।

दुई बर्षको अन्तरालपछि पुनः उद्योग संचालन गर्न पाउँदा उनी खुशी र उत्साहित देखिन्छन् । नयाँ ढंगबाट उद्योग संचालन गर्ने उनले योजना छ । ‘हस्तनिर्मित सामाग्री नै हाम्रो पहिचान हो अब यसलाई थोरै आधुनिकिकरण गरेर लैजाने मेरो लक्ष्य छ’, उनले भने । पहिले भन्दा केही फरक र आधुनिक उपकरणको प्रयोग गरेर उद्योग संचालन गर्न लागिएको उनले जानकारी दिए । उद्योग संचालनमा आए स्वदेशी उत्पादनले बजार पाउने र रोजगारको अवसर समेत सृजना हुने अपेक्षा उनको छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १०:२५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology