Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

विद्यार्थी खोज्न घरदैलो गर्दै आँबुखैरेनीको छिम्केश्वरी मावि

विद्यार्थी खोज्न घरदैलो गर्दै आँबुखैरेनीको छिम्केश्वरी मावि

images

इच्छाकामना न्युज

२२, चैत्र २०८०
विद्यार्थी खोज्न घरदैलो गर्दै आँबुखैरेनीको छिम्केश्वरी मावि
images

आँबुखैरेनी। जिल्लाको आँवुखैरेनी गाउँपालिका स्थित छिम्केश्वरी माध्यमिक विद्यालयले विद्यार्थी खोज्न घरदैलो अभियान सञ्चालन गरेको छ । 

विद्यालयमा दुई सिफ्टमा परीक्षा चलिरहेको अवस्थामा विहान र बेलुका शिक्षकहरु खटाएर विद्यालय सेवा क्षेत्र भित्र घरदैलो अभियान सञ्चालन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक एवँ सूचना अधिकारी काशीनाथ देवकोटाले जानकारी दिनुभयो । 

गाउँमा रहेको सामुदायिक विद्यालयमा अध्ययन नगरेर अन्यत्र जानुपर्नाको कारण र बाहिर जाने विद्यार्थीको विवरण सँकलन गरिएको उहाँको भनाई छ । 

विद्यालय सेवा क्षेत्र भित्र रहेका घ्यानसिँ, अक्लाङ, भाँगे,रसौली, लगायतका क्षेत्रमा घरदैलो अभियान गरिएको अर्का शिक्षक एक बहादुर आलेले बताउनुभयो । 

विद्यालय सेवा क्षेत्र भित्र जाने विभिन्न कारणहरु पत्ता लागेको र त्यसका समस्याहरु समाधान तर्फ विद्यालय अग्रसर भएको सूचना अधिकारी देवकोटाको भनाई छ । पारिवारिक कारणले अर्को विद्यालयमा पढ्ने कुरा विद्यालयले समाधान गर्न सक्ने विषय नभएपनि गाउँको विद्यालयमा भैरहेको शैक्षिक सुधारका प्रयासहरु बारे जानकारी गराई विद्यार्थी आकर्षण गर्ने काम भइरहेको उहाँको भनाइ छ । 

विद्यालयले अतिरिक्त कार्यक्रम लगायत निर्माणात्मक सुधारका कामहरु पाठ्यक्रमले तोके भन्दा धेरै नै गर्दै आइरहेको र यसमा विद्यार्थी र अभिभावक सक्रिय भई सिकाइमा अर्जुनदृष्टि लगाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । 

स्थानीय तहले शिक्षाको सुधार गर्नका लागि गरेका प्रयासहरुलाई नागरिकहरुले महत्वका साथ बुझ्नुपर्ने देवकोटाको भनाई छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - ११:३९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology