Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्ततः युट्युबमा चर्चामा रहेको आँबुखैरेनी बस्ने गोरखाका लाहुरे दम्पत्ती राहुल र स्मिताको पुनर्मिलन

अन्ततः युट्युबमा चर्चामा रहेको आँबुखैरेनी बस्ने गोरखाका लाहुरे दम्पत्ती राहुल र स्मिताको पुनर्मिलन

इच्छाकामना न्युज

२३, माघ २०७७
अन्ततः युट्युबमा चर्चामा रहेको आँबुखैरेनी बस्ने गोरखाका लाहुरे दम्पत्ती राहुल र स्मिताको पुनर्मिलन

आँबुखैरेनी, २३ माघ । सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।
वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पुनर्मिलन भएको घोषणा गर्दै शुभकामना दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरी समेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका नारायण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।
वडा अध्यक्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिकरण गरेको  बताए । उनीहरूको शुक्रबार नै विवाह दर्ता भएको छ ।
अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनर्मिलन गराएको हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो ? भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकार गर्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गरायौँ।’
उहाँले थप्नुभयो, ‘सिक्किमबाट र राहुलका बुवा नि आउनु भएको थियो, स्मिताका माइतकी अमा नि आउनु भएको थियो, उहाँले पनि मेरो ज्वाइनै हो ज्वाइ मान्न तयार हुनुभयो, मिलनपछि उहाँहरुको बच्चाको अनुहार पनि मिजारिलो भयो।’
स्मिता भारतमा जन्मिएकी युवती हुन् । राहुलपनि नेपालमै जन्मिएका भएपनि भारतमा बस्दै आएका थिए । स्मिताले एक महिनाअघि नै घर छाडेर नारायणसँग भागेकी थिइन् । उनी सामाजिक संजालमा परीचय भएका नारायणसँग भागेकी थिइन् ।
एक महिनापछि काठमाडौंको एक होटलबाट नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा दुवैजनालाई लिइएको थियो । त्यसपछि प्रहरीले सोधपुछ गर्दा नारायणले आफूलाई इन्जिनियर भएको र आप्नो बाबु(आमा पनि नभएको भन्दै सम्मानपूर्वक बोलेर आफूलाई फकाएकोले उसँग आफू आएको स्मिताले बताएकी थिइन् ।
३ बर्षको छोरीसमेत भएकी स्मिताले परपुरुषसँग भागेपछि तनावमा रहेका राहुलसँग बिवाहको प्रस्ताव गर्दै धेरै युवतीले प्रस्ताव समेत गरेको बताइएको थियो । तर शुक्रबार राहुल र स्मिताबीच नै पुनर्मिलन भएको छ । उनीहरुबीच पुनर्मिलन भएपछि सोही वडामार्फत विवाह दर्ता गराइएको हो ।
राहुल र स्मिताको गत सोमबार जिल्ला अदालत गोरखामा सम्बन्ध विच्छेद भएको थियो ।

images

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - २०:४९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology