Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनी जालभञ्ज्याङ्गकी कुमारी भुजेलको सामुहिक बलात्कार पछि हत्या अभियोगमा पति सहित ३ जनालाई कैद सजाय

आँबुखैरेनी जालभञ्ज्याङ्गकी कुमारी भुजेलको सामुहिक बलात्कार पछि हत्या अभियोगमा पति सहित ३ जनालाई कैद सजाय

इच्छाकामना न्युज

२६, चैत्र २०८०
आँबुखैरेनी जालभञ्ज्याङ्गकी कुमारी भुजेलको सामुहिक बलात्कार पछि हत्या अभियोगमा पति सहित ३ जनालाई कैद सजाय
images

आँबुखैरेनी । आवुँखैरेनी गाउँपालिका–६ जालभन्ज्याङकी ४५ वर्षीया कुमारी भुजेलको सामुहिक बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा तनहुँ जिल्ला अलदालतले मृतकका पति सहित बलात्कारमा संलग्न ३ जनालाई दोषी ठहर गर्दै कैद सजाय गरेको छ ।

images
images

जिल्ला अदालतका न्यायधिश कमलराज विष्टको इजलासले विहिबार उक्त घटनाको छुट्टाछुट्टै दर्ता भएको मुद्धाको अन्तिम फैसला गर्दै कुमारीलाई सामुहिक बलात्कार गरेको अभियोगमा आवुँखैरेनी गाउँपालिका–६ का २२ वर्षीय समबहादुर भुजेललाई १२ बर्ष कैद, २ लाख जरिवाना, १ लाख क्षतीपुर्ती र ४ हजार रुपैयाँ पीडित राहात कोषमा जम्मा गर्नु पर्ने सजाय सुनाएको छ भने सोही घटनामा संलग्न भएका सोही ठाउँका १७÷१७ वर्षीय दुई बालकलाई जनही ८ बर्ष कैद सजाय सुनाएको हो । ति दुई बालकलाई १२ बर्षको कैद सजाय भएपनि नावालक भएको कारण ४ बर्ष कैद मिनाहा भएको जिल्ला अदालतका श्रेस्तेतार केशव पौडेलले जानकारी दिए ।

त्यसैगरि सोही इजलासले सामुहिक बलात्कृत भएकी आफ्नी पत्निको हत्या गरेको अभियोगमा मृतकका पति ४६ बर्षिय चन्द्र बहादुर भुजेललाई १० बर्ष कैद, १ लाख ५० हजार क्षतीपुर्ती र ८ हजार पीडित राहत कोषमा जम्मा गर्ने सजाय सुनाएको श्रेस्तेदार पौडेलले बताए ।

समबहादुर भुजेल सहित ३ जनाले २०७८ फागुन २८ गते राती पीडितकै घरमा गई मृतकका पति चन्द्रबहादुरलाई समातेर घरबाहिर लगि पालैपालो बलात्कार गरेको आरोप मृतकका छोराले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । मदिरा सेवनबाट लट्ठ भएकी कुमारीलाई आरोपितहरुले पालैपालो बलात्कार गरेको अदालतले पनि ठहर गरेको छ ।

बलात्कार गरेर ति युवाहरु भागेपछि घर भित्र गएका चन्द्रबहादुरले आफ्नै पत्निले ति युवाहरुलाई बोलाएको आशंकमा ओदान अड्याउन राखेको ढुङ्गाले टाउकोमा हानी हत्या गरेको प्रहरी प्रतिबेदनमा उल्लेख छ ।

मृतकका छोराले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित चारै जनालाई २०७८ चैत १ गते पक्राउ गरेको थियो । शवको फागुन २९ गते दमौली अस्पतालमा पोष्टमार्टम भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले आरोपितहरु विरुद्ध २०७८ चैत २१ गते जिल्ला अदालतमा जबरजस्ती करणी र कतव्र्यज्यान सम्बन्धी छुट्टाछुट्टै मुद्धा दर्ता गरेको थियो । आरोपित चारै जना जिल्ला अदालतको आदेशमा चैत २३ गतेदेखी पुर्पक्षकोलागि थुनामा थिए ।

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - ०७:४९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology