आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका २ स्थित मर्स्याङ्दी ड्याममा मोटरबोट सञ्चालनको तयारी गरिएको छ । गाउँपालिकाले वैशाख २ गतेदेखि ड्याममा मोटरबोट सञ्चालन गर्न लागेको हो ।उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा मोटरबोटको शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रबद्र्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानको भनाइ छ ।
मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताउनुभयो ।