नुवाकोट, २४ माघ । नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका हुदै भित्रिने चिनीया सामग्री ल्होसार अगाडि नै ल्याउनपहल सुरु गरिएको छ । काठमाडाँैदेखि एकसय ५२ किलोमिटर उत्तरमा रहेको रसुवागढी नाकाहुदै आउन लागेका सामानहरु कोभिड–१९ काकारण केरूङमाथन्किएर रहेका छन् ।
रसुवागढीदेखि २४ किलोमिटर उत्तरपश्चिममा रहेको केरुङमा अड्किएर बसेका सबै सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्व अगावै नेपाल भित्र्याउन पहल सुरू भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
महामारीको रुपमा फैलिरहेको कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि केरूङको भण्डारणमा रहेका नेपाल ल्याउन राखिएका चिनीयाँ सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याई दिन जिल्ला प्रशासन कार्यालय रसुवाले आवश्यक पहल सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो।
सामान छिटो ल्याउन सकिएमा सामानको विक्रि वितरणमा सहजता हुने र सामान कुहिने सम्भावनाबाट समेत बच्ने थापाको भनाई छ।
रसुवागढी नाकालाई प्रभावकारी रुपमा आपसी समन्वयमा सन्चालनको पहल समेत भइरहेको छ। छिमेकी चीनबाट नेपाली व्यवसायीले मगाएका सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याउन ल्हासास्थित वाणिज्य दूतावास तथा चिनियाँ भन्सार प्रतिनिधिसँग कुराकानी भइरहेकाले सम्भवतः चिनियाँ भूभागमा मनाइने ल्होछार पर्व अगावै केरूङमा थन्किएका मौज्दात सामान छिट्टै रसुवागढी आउने अपेक्षा गरिएको चेम्बर अफ कमर्श नुवाकोटले जनाएको छ।
दैनिक सयौँ कन्टेनरबाट चिनीया सामग्री आयात हुने रसुवागढी नाकामा कोरोनाको समस्या उत्पन्न हुना साथ नेपाली कन्टेनर केरूङ जान नपाएको र आयात भएका थोरै सामानले यहाँका कन्टेनरलाई ढुवानीको भाग नपुग्दा ऋण गरेर ट्रक तथा कन्टेनर खरिद गर्ने सवारी साधनका धनी मर्कामा परेका छन्।