Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुगाउँमा युवक मृत्यु घटना प्रकरण पक्राउ परेका ७ जनालाई हिरासतमा राख्न ५ दिनको म्याद थप, को–को परे पक्राउ ? (नामावली सहित)

आँबुगाउँमा युवक मृत्यु घटना प्रकरण पक्राउ परेका ७ जनालाई हिरासतमा राख्न ५ दिनको म्याद थप, को–को परे पक्राउ ? (नामावली सहित)

इच्छाकामना न्युज

७, बैशाख २०८१
आँबुगाउँमा युवक मृत्यु घटना प्रकरण पक्राउ परेका ७ जनालाई हिरासतमा राख्न ५ दिनको म्याद थप, को–को परे पक्राउ ? (नामावली सहित)

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ आँबुगाउँमा मंगलबार भएको एक युवक मृत्यु प्रकरणमा पक्राउ परेका ७ जनालाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत तनहुँले पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न बिहिबार म्याद थप गरेको हो । 

images

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुगाउँमा रहेको स्वामी चौतारामा  मादक पदार्थ सेवन गरी बिवाद भई साथीसाथी बिच झै–झगडा  हुदाँ गोरखा शहिद लखन गाउँपालिका ३ सिलिङका १८ वर्षीय अमन गुरुङको सोही स्थानको पुरानो कोट जंगल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसेर मृत्यु भएको थियो । उनको मृत्यु भएपछि परिवारले उनको साथीहरुले नै भीरबाट खसालेर हत्या गरेको भन्ने किटानी जाहेरी दिएपछि मृतकका ७ जना साथीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २५ को रोहित घले, सोही स्थानका बर्ष २४ को आशिष काराखेती, बर्ष २६ को बलराम श्रेष्ठ, बर्ष ३१ को सागर श्रेष्ठ, बर्ष २१ को कुशल गुरुङ, गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. १३ बस्ने बर्ष २४ को सन्तोष गुरुङ र एक जना नाबालक रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०८१ शुक्रवार - ०८:२३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology