Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहर बिच भगिनी सम्बन्ध कायम, आँबुखैरेनीको विकासका लागि कोशेढुङ्गा

आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहर बिच भगिनी सम्बन्ध कायम, आँबुखैरेनीको विकासका लागि कोशेढुङ्गा

इच्छाकामना न्युज

१०, बैशाख २०८१
आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहर बिच भगिनी सम्बन्ध कायम, आँबुखैरेनीको विकासका लागि कोशेढुङ्गा

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । चीनको भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा उक्त शहरसँग भगिनी सम्बन्ध कायम गरिएको हो ।

images

भगिनी सम्बन्ध कायम गर्ने कार्य आँबुखैरेनी गाउँपालिकाको विकासका लागि कोशेढुङ्गा हुने अध्यक्ष चुमानले बताए । उनले भने, “चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणका क्रममा उक्त शहरसँग भगिनी सम्बन्ध कायम भएको छ । यसले आँबुखैरेनीको विकास र हितका लागि सहयोग पुग्नेछ ।”

437585352_828039086017241_3717730085289926952_n.jpg

सहमतिपत्रमा दुवै पक्षले आधिकारिक तथा गैरसरकारी भ्रमण आदानप्रदान गर्ने उल्लेख छ । त्यस्तै दुवै पक्षले आपसी विकास र समृद्धिका लागि अर्थतन्त्र, व्यापार, शिक्षा, संस्कृति, कृषि र पर्यटनका क्षेत्रमा आदानप्रदान र सहयोग गर्ने उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङको उपस्थिति थियो ।

images
प्रकाशित मिति :बैशाख १०, २०८१ सोमवार - २२:०६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology