Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज लोकतन्त्र दिवस : दोस्रो जनआन्दोलन सफल भएको दिन

आज लोकतन्त्र दिवस : दोस्रो जनआन्दोलन सफल भएको दिन

इच्छाकामना न्युज

११, बैशाख २०८१
आज लोकतन्त्र दिवस : दोस्रो जनआन्दोलन सफल भएको दिन

काठमाण्डौ । आज लोकन्त्र दिवस। २०६२/०६३ को जनआन्दोलन सफल भएको दिन।

images

२०६२ चैत २२ गतेदेखि सुरु भएको दोस्रो जनआन्दोलन २०६३ वैशाख ११ गते सफल भएपछि नेपालमा लोकतन्त्र स्थापना भएको हो। सोही दिनको सम्झनामा हरेक वर्ष नेपालमा वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ। 

स्थापनाको केही वर्ष सरकारले लोकन्त्र दिवसका दिन सार्वजनिक बिदा दिएको भए पनि पछि गणतन्त्र दिवस (जेठ १५ गते) को बिदा हुन थालेपछि लोकन्त्र दिवसको बिदा सरकारले कटौती गरेको थियो। 

तत्कालिन सात दल र जनयुद्धमा रहेको माओवादीबीचको समझदारीमा सञ्चालिन दोस्रो जनआन्दोलनसामु तत्कालीन राजा ज्ञानेन्द्र शाहले घुँडा टेकेपछि देशमा लोकतन्त्र स्थापना भएको थियो। १९ दिनसम्म चलेको जनआन्दोलनमा २१ जना सहीद भएका थिए। 

२०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते आफैँले विघटन गरेको संसद् पुनःस्थापना भएको घोषणा गरेका थिए। 

पुनःस्थापित संसद्को जेठ ४ गते बसेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो। नेपालमा २४० वर्षसम्म शासन गरेको राजतन्त्रको अन्त्यको सुरुवात त्यहीँबाट भएको थियो। 

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो पटक नेपालमा संविधानसभाको चुनाव गराएको थियो।

संविधानसभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश घोषणा गरेको थियो। 

संविधान जारी नगरी पहिलो संविधान सभा विघटन भएपछि २०७० सालमा देशमा संविधान सभाको दोस्रो निर्वाचन भएको थियो। सोही संविधान सभाले ०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा गरेको थियो। 

सोही संविधान अनुसार यतिबेला नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार क्रियाशील छन्।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि व्यवस्था परिवर्तनको नेतृत्व गरेका मुख्य राजनीतिक दलहरुले जनताको अपेक्षाअनुसार काम गर्न सकेका छैनन्। यसले जनतामा निरासा व्याप्त छ।  

images
प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - ०८:३३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology