Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि सरकार आतुर छः मन्त्री तुम्बाहाङ्फे

सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि सरकार आतुर छः मन्त्री तुम्बाहाङ्फे

इच्छाकामना न्युज

२४, माघ २०७७
सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि सरकार आतुर छः मन्त्री तुम्बाहाङ्फे
images

काठमाण्डौ, २४ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताउनुभएको छ ।  आज काठमाडौंमा भूमि सम्बन्धी समस्या समाधान आयोगका जिलला समितिका अध्यक्ष र सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरूको हातमा पूर्ज दिनका लागि आतुर रहेको बताउनुभयो । 
सरकारको आतुरतालाई व्यवहारमा उतार्न आयोगका पदाधिकारीहरूले पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । सुकुम्बासीहरूको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्न सक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।  गलत मानिसको हातमा पूर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी आयोगले लिनुपर्नेमा मन्त्री तुम्बाहाङ्फेको जोड छ । 
आयोगका पदाधिकारीहरूले स्थानीय तहले गरेका कामको नियमन गर्नु पर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो । 

images
images

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १८:०९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology