आँबुखैरेनी, २१ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले बजार अनुगमनको काम सुरु गरेको छ। नजिकिदै गरेको दशै तिहार जस्ता चाडपर्वलाई लक्षित गरि आजदेखि गाउँपालिकाले बजार अनुगमनको काम सुरु गरेको हो।

अनुगमनको पहिलो दिन आज ८ वटा खाद्यान्न पसलको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो। अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसुचि नराखिएको तथा धेरैजसो पसल अन्य निकायमा दर्ता भए पनि गाउँपालिकामा भने दर्ता नभएको पाईएको उहाँले बताउनुभयो। त्यस्ता पसलहरुलाई ग्राहकले देखिने गरि मूल्य सूचि राख्न र तत्काल गाउँपालिकामा दर्ता हुन आउनको लागि निर्देशन दिईएको पनि प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो।

अनुगमन टोलीमा गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमान तामाङ, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक विकाश थापा लगायतकाको सहभागीता रहेको थियो।
