Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देशलाई अस्थिरता तर्फ लैजान नहुनेमा काँग्रेस नेता पौडेलको जोड 

देशलाई अस्थिरता तर्फ लैजान नहुनेमा काँग्रेस नेता पौडेलको जोड 

इच्छाकामना न्युज

२४, माघ २०७७
देशलाई अस्थिरता तर्फ लैजान नहुनेमा काँग्रेस नेता पौडेलको जोड 
images

दमौली, २४ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरता तर्फ लैजान नहुने बताउनुभएको छ । आज तनहुको दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउनुभयो । नेपाली काँग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक धुब्रिकरणले काँग्रेसलाई अवसर प्राप्त भएको बताउनुभयो ।  
काँग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । वरिष्ठ नेता पौडेलले काँग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले जनताको आकर्षण काँग्रेसमा बढेको पौडेलको भनाइ थियो । नेता पौडेलले पार्टीको विधान बचाएर काँग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताउनुभयो  । 

images
images

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १८:५९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology