Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ

आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ

इच्छाकामना न्युज

१४, जेठ २०८१
आँबुखैरेनीको बेनिटारबाट अवैध लागुऔषध सहित २ युवा पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट अवैध लागु औषधसहित दुई जना पक्राउ परेका  छन् ।  इलाका प्रहरी कार्यालय आँबुखैरनीका अनुसार शनिबार पृथ्वीराजमार्ग अन्तरगत  तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटारमा  सवारी साधन  चेकजाँच गर्ने क्रममा मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग २१ प ९८१९ नं को मोटरसाइकलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

images
images

पक्राउ पर्नेहरुमा मोटरसाईकलमा सवार गोरखा पालुङटार नगरपालिका ७ बस्ने वर्ष ४२ को सन्जिव थापा र तनहुँको  बन्दिपुर गाउँपालिका १ बस्ने वर्ष ३६ को सुवास सुनार रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले निजको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल लेखिएको नियन्त्रित लागुऔषध १ हजार ७३० ट्याब्लेट बरामद गरेको छ ।  पक्राउ परेका दुबै जनलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - ०९:०५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology