आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट अवैध लागुऔषध सहित कास्की पोखराका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १४ बस्ने वर्ष २४ को अनिल परियार रहेका छन् ।
परियारलाई इलाका प्रहरी कार्यालय अन्तर्गतको अस्थायी प्रहरी चौकी बेनिटारबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा अवैध लागुऔषध लुकाई छिपाई ल्याएको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारको साथबाट प्रहरीले २७ थान डाइजापाम, फेनेरगान, बुरफिन लगायतको अवैध लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
साथै पक्राउ परेकालाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भैरहेको पनि प्रहरीले व्यक्त गर्दछ ।