आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जातीय भदभाव तथा छुवाछुत उन्मुलन दिवसको दिन आज पालिकाभर सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले आईतबार एक सूचना सार्वजनिक गरेर विदा दिएको हो ।
सूचना अनुसार यहि जेठ १७ गते बसेको गाउँकार्यपालिकाको बैठकले जातीय भदभाव तथा छुवाछुत उन्मुलन दिवसको दिन आज पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
यस्तै गाउँपालिकाले दिवसको अवसरमा जातिय सहिष्णुता र सद्भाव सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्ने समेत जानकारी दिएको छ ।
