Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनीमा निजि र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समान अवसर, ३७१ जनाले पाए छात्रवृत्ति

आँबुखैरेनीमा निजि र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समान अवसर, ३७१ जनाले पाए छात्रवृत्ति

images

इच्छाकामना न्युज

२६, जेठ २०८१
आँबुखैरेनीमा निजि र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समान अवसर, ३७१ जनाले पाए छात्रवृत्ति
images

आँबुखैरेनी । ऑबुखैरेनी गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गरिएकाे छ ।

गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुले जेष्‍ठ १५, १८ र १९ गते सञ्चालन गरिएको छात्रवृत्ति वितरण परीक्षाबाट गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयमा अध्ययनरत २८७२ (दुई हजार आठ सय बहत्तर) जना विद्यार्थी मध्ये ३७१ (तीन सय एकहत्तर) जना विद्यार्थीहरुले छात्रवृत्ति पाएका छन् ।

नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बनधी हक अन्तर्गत “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ” भने बमोजिम तथा स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको हुँदा यसको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारमा भएकोले यस गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गर्ने प्रयास गरिएको चुमानले उल्लेख गरे ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा आँबुखैरेनी शिक्षा ऐन तथा नियमावली, २०७९ ले तोके बमोजिम ५०० सम्मको विद्यार्थी संख्या भएका विद्यालयहरुले १०%, विद्यार्थी संख्या ५०० देखि ८०० सम्म भएका विद्यालयले १२% र विद्यार्थी संख्या ८०० भन्दा माथि भएका विद्यालयले १५% छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने उल्लेख छ ।

छात्रत्रवृत्ति वितरण परीक्षाले विद्यालयद्वारा प्रदान गरीदै आएको छात्रवृत्तिलाई अझै पारदर्शी बनाउने गाउँ पालिका अध्यक्ष शुक्र चुमानले बताए । याे कार्यक्रमलाई आगामी वर्ष यसलाई अझै व्यवस्थित बनाउने अध्यक्ष चुमानले बताए ।

images
प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - १०:१८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology