Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जन्मदर बढाउन जापान सरकारको नयाँ तरिका, डेटिङ एप सञ्चालन गर्ने

जन्मदर बढाउन जापान सरकारको नयाँ तरिका, डेटिङ एप सञ्चालन गर्ने

एजेन्सी

२७, जेठ २०८१
जन्मदर बढाउन जापान सरकारको नयाँ तरिका, डेटिङ एप सञ्चालन गर्ने
images

काठमाडौँ । घट्दो जन्मदरको विकल्प खोज्न लागि परेको जापान सरकारले नयाँ उपायको तयारी गरेको छ । 

images
images

त्यसका लागि जापानले आफ्नै डेटिङ एप सार्वजनिक गर्न लागेको हो । यो विशेषतः  एकल नागरिकलाई लक्षित हुने बताइएको छ ।

२०२४ को अन्तिमतिर सार्वजनिक गरिने अपेक्षा गरिएको यो एपका लागि टोकियो महानगर सरकारले विभिन्न तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

देशमा बिहे नगर्ने तथा एकल बस्ने प्रवृत्ति मौलाउँदै गएकाले पछिल्लो समय विवाह र जन्मदर घटेपछि सरकार उपाय खोज्न बाध्य बनेको हो ।  

यो परियोजना अन्तर्गत ‘टोकियो फुटारी स्ट्रोरी’ नामको कार्यक्रम सञ्चालन भइरहेको छ । विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसहरूलाई जोडी बनाउन यो प्रोग्रामले सघाउने बताइएको छ ।

जापानको प्रजनन दर अहिले (एक महिलाले आफ्नो जीवनभर दिने कूल जन्म) १.२६ बाट घटेर १.२० पुगेको छ । जबकि जनसङ्ख्या स्थिर हुनका लागि भने   प्रजनन दर २.१ वा सोभन्दा माथि हुनुपर्ने हुन्छ ।

images
प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - ०८:५५:४६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology