गोरखा । गोरखा आँबुखैरेनी सडकखण्ड अन्तरगत १३ किलोमा भएको सवारी दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा तनहूँको आँबुखैरेनी गाउँपालिका–३ का ३३ बर्षीय युवराज गुरुङ र ३२ बर्षीय शिव मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आइतवार दिउँसो करिव साढे एक बजेको समयमा गोरखा सदरमुकामबाट बाह्रकिलो जादैँ गरेको प्रदेश ३–०१–०२३ च ५७१७ नम्बरको बोलेरो जिपसँग उनीहरु सवार ग २३ प ७१४ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद पाठकले बताए ।
घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनका अनुसार गुरुङको अवस्थामा भने गम्भिर रहेको छ ।
बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।