कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा तीन दिन बन्द हुने भएको छ । गर्मी धेरै बढेका कारण गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै आज देखि ३ दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
सूचना अनुसार यहि जेठ ३०, ३१ र ३२ गते विद्यालयमा बिदा दिएको जनाएको छ । बर्षे विदा कट्टा हुने गरि पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई विदा दिएको सूचनामा जनाइएको छ ।
