फिस्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै बाट कारलाई ठक्कर दिदै रात्री बस त्रिशुलिमा खसेको छ । अज बिहान करिब साधे ७ बजेतिर फिस्लिङ र मौवाखोला बिचमा दुर्घटना भएको हो ।
काठमाडौबाट मुग्लिनतर्फ आउदै गरेको बा प्र ०१-०२९ च ३७२० नम्बरको कारले मोडमा ओभरटेक गरेर आउदा नेपालगन्जबाट काठमाडौ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस कारलाई ठक्कर दिदै त्रिशुलीमा खसेको हो । उक्त दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको दुर्घटनास्थलबाट स्थानिय पत्रकार दान बहादुर गुरुङले जानकारी दिए । उनका उनुसार घाइतेको उद्वार गरि थप उपचारको लागि भरतपुर पठाइएको छ । उनका अनुसार बसमा सवार अधिकांश यात्रु सामान्य घाइते छन भने घटनाको विस्तृत विवरण आउन बाकी छ ।
तस्बिर: दान बहादुर गुरुङ