Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामना केवलकार करिब २ महिना बन्द हुने

मनकामना केवलकार करिब २ महिना बन्द हुने

इच्छाकामना न्युज

३, आषाढ २०८१
मनकामना केवलकार करिब २ महिना बन्द हुने

चेरेस । गोरखाको मनकामना केबुलकार करिब दुई महिनाका लागि बन्द हुने भएको छ ।

images

मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

‘नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म ५० दिन केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने ।

सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा)समेत फेर्ने तयारी भएको उनले बताए ।

मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको हो ।

नेपालमा पहिलोपटक २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा केबुलकार सञ्चालन गरिएको हो ।

images
प्रकाशित मिति :आषाढ ३, २०८१ आइतवार - ०९:५६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology