Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिन–नारायणगढ सडकखण्डमा १५ वटा नयाँ पुल धमाधम बन्दै

मुग्लिन–नारायणगढ सडकखण्डमा १५ वटा नयाँ पुल धमाधम बन्दै

images

इच्छाकामना न्युज

२५, माघ २०७७
मुग्लिन–नारायणगढ सडकखण्डमा १५ वटा नयाँ पुल धमाधम बन्दै
images

मुग्लिन, २५ माघ । मुग्लिन–नारायणगढ सडकमा धमाधम पुल बन्न थालेको छ । ३६ किलोमिटर लामो यस सडकखण्डमा १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम चरणमा छ ।
पहिलो चरणमा चार र पछिल्लो चरणमा १५ पुल बनाउने प्रक्रिया अन्तर्गत बाँकी १५ पुलको ठेक्का भई धमाधम पुल बन्ने क्रम सुरु भएको छ । दोस्रो चरणका १५ मध्ये ४ पुल निर्माणले गति लिएको छ । बाँकी ११ वटा पुलको डिजाइन स्वीकृती अन्तिम चरणमा छ ।
गत चैतमा ३३ महिनाभित्र १५ पुल निर्माण सक्ने गरी अनक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भए लगत्तै कोभिडका कारणले काम अघि बढ्न सकेको थिएन । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटका अनुसार सेती दोभान, खहरे, जुगेडी र डुम्रे भन्ने ठाँउमा पुलको काम धमाधम भइरहेको छ । सेती दोभान फाउन्डेसनको काम सकिएको छ ।
१५ वटा पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, किसिन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् ।
प्याकेज १ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैयाँ छ । पुलका लागि मात्र ५८ करोड ४० लाख रुपैयाँ छ भने बाँकी रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुनेछ ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १९:५५:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology