Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

त्रिशक्ति महिला जागरण आँबुखैरेनीको महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न

त्रिशक्ति महिला जागरण आँबुखैरेनीको महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२५, माघ २०७७
त्रिशक्ति महिला जागरण आँबुखैरेनीको महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न

आँबुखैरेनी, २५ माघ । त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीको महिला हिंसा पहिचान, चेतना अभिवृद्वि र योजना सम्बन्धि २ दिने कार्यक्रम सम्पन्न भएको छ। तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभाहलमा हिजो शनिबार देखि सुरु भएको कार्यक्रमको आज आईतबार सम्पन्न भएको हो।
आईतबार सम्पन्न उक्त कार्यक्रमको आज गरिएको समापन समारोहको प्रमुख आतिथ्यता आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले गर्नुभएको थियो भने अध्यक्षता त्रिशक्ति महिला जागरण समूह आँबुखैरेनीका अध्यक्ष सृना अधिकारी थापाले गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेल र वडा नं. ३ का वडाध्यक्ष पूर्ण आले रहनुभएको थियो भने अतिथिहरुमा आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी., आँबुखैरेनी क्याम्पस एवं रामशाह माविका व्यवस्थापन समिति अध्यक्ष सन्त बहादुर के.सी. लगायत रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले महिलाहरुलाई नेतृत्व विकास तालिमहरु सञ्चालन गर्नका लागि गाउँपालिकाले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिकाको विकासका लागि पहिले व्यक्ति सक्षम हुनुपर्ने बताउनुभयो। त्यसका लागि महिलाहरु अगाडी आउनुपर्ने उहाँले बताउनुभयो। अधिकृत पोखरेलले कार्यक्रममा सम्बोन्धनकै क्रममा गाउँपालिकाले महिलाको क्षमता विकासका लागि गर्नुपर्ने सबै कामहरु गर्न तयार रहेको तर त्यसका लागि महिलाहरु नै अग्रसर भएर कार्यक्रमहरु अगाडी लिएर आउनुपर्ने बताउनुभयो।
वडा नं. ३ स्तरीय रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा वडा नं. ३ का विभिन्न महिला तथा आमा समूह, टोल सुधार समितिका साथै हिंसा पिडित भएका करिब १ सय २० जना महिलाहरुको सहभागिता रहेको थियो।
यस्तै कार्यक्रमको पहिलो दिन अधिवक्ता सरिता भण्डारीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो भने दोस्रो दिन ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय आँबुखैरेनीका प्रमुख ब्रम्हकुमारी इन्दिरा पौडेलले सहजिकरण गर्नुभएको थियो। 

images

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - २०:५१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology