भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकाले ६३ करोड ४४ लाख ४५ हजार रुपैयाँ बजेट पेश गरेको छ। गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रमका लागि वडा नम्बर ७ का वडाध्यक्ष तूलसी रेग्मीले आर्थिक बर्ष २०८१/०८२को बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा संघीय सरकारको वित्तिय समानिकरण अनुदान रु. १२ करोड, ९७ लाख, संघीय सकार शसर्त अनुदान चालु तर्फ रु २७ करोड ९० लाख ६९ हजार, संघीय सरकार शसर्त पुँजगित अनुदान तर्फ रु १ करोड १० लाख , संघीय समपुरक अनुदान तर्फ २ करोड ९५ लाख र संघीय विशेष अनुदान रु ५० लाख संघीय सरकार राजश्व बाँफाड रु ९ करोड ३२ लाख गरि रु ५४ करोड ७४ लाख ६९ हजार अनुमानित बजेट प्रश्तुत गर्नुभएको हो ।
यसैबिच प्रदेश सकार वित्तिय समानिकरण अनुदान रु १ करोड ८२ लाख ९ हजार, प्रदेश सरकार विशेष अनुदान रु ४० लाख र प्रदेश सरकार समपुरक अनुदान रु.६० लाख रहेको छ । प्रदेश सरकार रावश्व बाँडफाँड रु ८१ लाख ८६ हजार गरि जम्मा रु ३ करोड ६३ लाख ९५ हजार प्राप्त हुने अनुमान गरेको छ ।गाउँपालिकाले कृषि स्वास्थ्य शिक्षा र पुर्वाधार विकासलाई प्राथमिकतामा राखको छ ।
साथै गाजाँखेतीका लागि सम्भाव्यता अध्यययन गरिने गाउँपालिका अध्यक्ष तिमिल्सनाले प्रश्तुत गर्नुभएको भएको निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।