Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

उपरदाङगढी, सिराईचुली र इच्छाकामना मन्दिरको व्यवस्थित विकासका लागि ‘इच्छाकामना त्रिभुज परियोजना’

उपरदाङगढी, सिराईचुली र इच्छाकामना मन्दिरको व्यवस्थित विकासका लागि ‘इच्छाकामना त्रिभुज परियोजना’

इच्छाकामना न्युज

१४, आषाढ २०८१
उपरदाङगढी, सिराईचुली र इच्छाकामना मन्दिरको व्यवस्थित विकासका लागि ‘इच्छाकामना त्रिभुज परियोजना’

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा अवस्थित मुख्य पर्यटकिय स्थलहरुको विकासका लागि पालिकाले ‘इच्छाकामना त्रिभुज परियोजना’ लागु गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै इच्छाकामनाको मुख्य पर्यटकीय स्थलहरु उपरदाङगढी, सिराईचुली र इच्छाकामना मन्दिरको उचित एवं व्यवस्थित विकास र विस्तारको लागि उक्त परियोजना लागु गरिने भएको हो ।

images

जस अन्तर्गत उपरदाङ गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्विक महत्व झल्किने गरी गढी दरबारको निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयको रुपमा विकास गरिने, सिराईचुली क्षेत्रमा प्राकृतिक सौन्दर्य र पदमार्गको विकास र विस्तारलाई जोड दिइने र इच्छाकामना मन्दिर क्षेत्रमा धार्मिक सम्पदाहरुको विकास र विस्तारमा जोड दिइने साथै मन्दिर क्षेत्रको विकास, विस्तार र प्रचारको लागि गुरुयोजना तयार गरी सोही बमोजिमका संरचना एवं पूर्वाधार निर्माणमा जोड दिइने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।

यस्तै आगामी वर्षको पर्यटन विकाश योजना अन्तर्गत लामो झरना, बालगौरी पाथीभरा मन्दिर, मुग्लीन महादेवस्थान, हात्तीबाङ्ग, कुरिनघाट शिवालय जस्ता धार्मिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय स्थलहरुको भौतिक संरचना निर्माणमा थप लगानी गरी पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिने, पर्यटनसँग जोडिएका होटल व्यवसाय, यातायात व्यवसाय, होमस्टे, कला संस्कृति प्रबर्द्धन एवं स्थानीय  रैथाने बालीको संरक्षणका लागि एकीकृत कार्यक्रम सञ्चालनमा ल्याइने, पर्यटकीय स्थलहरुमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रबर्द्धन र बजारीकरणमा योगदान पु¥याइने जस्ता कार्यक्रमहरु ल्याएको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०८१ बिहिवार - ०८:४४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology