आँबुखैरेनी, २५ माघ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित सत्रसयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लायन्स तथा लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा शनिबार एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो।
शिविर सत्रसय स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा भएको थियो। शिविरमा १ सय भन्दा धेरैले दन्त परिक्षण गराएका थिए। शिविरबाट रेफर भएका ४० जना बिरामीलाई ओम बिराज डेन्टल केयरले निःशुल्क औषधी उपचार गर्ने डेन्टलका संचालक राजन ढकालले बताउनुभएको छ।
वडा नम्बर १ का वडाध्यक्ष किसान थापाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लियो क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष अमृत पण्डित लगायतको उपस्थिती रहेको थियो।
उक्त शिविरमा आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाले औषधी उपलब्ध गराएका थिए भने अन्य सहयोग आँबुखैरेनीमा रहेको ओम बिरामज डेन्टल केयर प्रा.लि.का संचालक राजन ढकाल र लायन्सका अध्यक्ष शिब खनालले गरेका थिए।
शिविरमा ओम बिराज डेण्टल केयरका डाक्टर ओसिन थापाको नेतृत्वको प्राविधिक टिमले दन्त परिक्षण गरेको लियोका अध्यक्ष अमृत पण्डितले जानकारी दिनुभयो।