कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा अवस्थित प्रगती पाठशालाबाट २०८० को एसइई परीक्षामा सहभागी रौनक श्रेष्ठले ३.९५ जिपिए अंक ल्याएका छन् । उनले ल्याएको यो अंक इच्छाकामना गाउँपालिकाबाट परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्यकै उच्च हो ।
नतिजा अनुसार छात्राहरुतर्फ पनि इच्छाकामना गाउँपालिका भरिमा सबैभन्दा बढि उच्च अंक प्रगती पाठशाला कुरिनटारबाटै सहभागी प्रगती वाईवाले ३.८७ जिपिए ल्याएका छन् ।
इच्छाकामना गाउँपालिकामा रहेका विद्यालयहरु मध्य हरेक वर्ष एसइईमा राम्रो नतिजा ल्याउने प्रगती पाठशालाबाट यस वर्ष ३९ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएको २६ जना उर्तीण हुन सफल भएका छन् ।
