Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मुग्लिनमा होटल स्तरीकरण तथा लोगो वितरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मुग्लिनमा होटल स्तरीकरण तथा लोगो वितरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२६, माघ २०७७
मुग्लिनमा होटल स्तरीकरण तथा लोगो वितरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

मुग्लिन, २६ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय बबरमहल काठमाडौंको आयोजना तथा होटल व्यवसायी संघ इकाई समिति मुग्लिनको संयोजनमा होटल स्तरीकरण तथा लोगो वितरण विषयको अभिमुखीकरण कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लीनमा सम्पन्न भएको छ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोदराज सिलवालको प्रमुख आतिथ्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा आईतबार सम्पन्न भएको हो।  
कार्यक्रमलाई खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय बबरमहल काठमाडौंका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले संचालन गर्नुभएको थियो।
ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सूर्य बहादुर रानामगर, सामुदायिक प्रहरीका अध्यक्ष खुमप्रसाद पन्त, होटल व्यवसायी संघ चितवनका सदस्य अशोक शेरचन तथा होटल व्यवसायी संघ इकाइ समिति मुग्लिनका अध्यक्ष मिनबहादुर श्रेष्ठ लगायत होटल व्यवसायी संघ, इकाई समिति मुग्लिनमा आवद्ध ७६ होटल व्यवसायी कार्यक्रममा कार्यक्रममा सहभागिता रहेको थियो।
सो कार्यक्रममा होटल व्यवसायी संघ इकाई समिति मुग्लिनका अध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा होटल स्तरीकरण अनुगमन समिति गठन गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारी सदस्यसचिव रहनुभएको सो समितिमा वडाअध्यक्ष मोदराज सिलवाल, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सूर्य बहादुर रानामगर र उद्योग वाणिज्य संघ इकाई समिति मुग्लिनका अध्यक्ष कल्याण गुभाजु सदस्य रहनुभएको छ।

images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १०:१३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology