Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामनाको जनप्रतिनिधि, कर्मचारी र किसानले एकसाथ धान रोपेर गर्दासमा मनायो धान दिवस

इच्छाकामनाको जनप्रतिनिधि, कर्मचारी र किसानले एकसाथ धान रोपेर गर्दासमा मनायो धान दिवस

images

इच्छाकामना न्युज

१७, आषाढ २०८१
इच्छाकामनाको जनप्रतिनिधि, कर्मचारी र किसानले एकसाथ धान रोपेर गर्दासमा मनायो धान दिवस
images

गर्दास । चितवनको  इच्छाकामना गाउँपालिकामा पनि धान दिवस मनाइएको छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ इच्छाकामना गाउँपालिका कृषि शाखाको आयोजनामा  वडा नम्बर ७ स्थित  गर्दासमा किसानको खेतमा जनप्रतिनिधि, कर्मचारी र किसानहरुले धान रोपेर २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई उत्सव मनाइएको हो । 

IMG_1616.JPG

सो अवसरमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले अन्य वडामा भन्दा वडा नम्बर  ७ मा धान खेतीयोग्य जमिन धेरै भएकाले यहाँ आएर धान दिवस मनाइएको बताउनुभयो । गाउँपालिकाले किसानहरुका लागि विभिन्न अनुदान, तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । गाउँपालिकाले यस आर्थिक बर्षको बजेट पनि  सबै किसानहरुलाई सम्बोधन हुने गरि ल्याइएको बताउनुभयो । 

IMG_1690.JPG

उपाध्यक्ष माया सिलवालले  किसानहरुलाई  हौसला प्रदान होस भनी किसानको खेतमै  धान रोपेर  राष्ट्रिय धान दिवस मनाइएको  बताउनुभयो । 

वडाध्यक्ष बम बहादुर थापा मगरले गाउँपालिकाले किसानहरुका लागि अत्यन्त महत्वपूर्ण सहयोगहरु गर्दै आइरहेको बताउँदै आजको कार्यक्रममले किसानहरुको मनोवल बढ्ने विश्वास  व्यक्त गर्नुभयो ।  

किसान विजुलीप्रासद भण्डारीले सिचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने भएकाले यहाँका खेतवारीमा सिचाँइका लागि डिप बोरीङको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।  उहाँले गाउँपालिकाले  किसानको खेतमै आएर  राष्ट्रिय धान दिवस मनाई किसानलाई  हौसला प्रदान  गरेकोमा जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । 

IMG_1687.JPG

स्थानीय किसान विजुलीप्रसाद भण्डारीको खेतमा गरिएको रोपाइमा  गाउँपालिका अध्यक्ष दानब हादुर गुरुङ, उपाध्यक्ष माया सिलावल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नम्बर ७ का वडाध्यक्ष बम बहादुर थापामगर कृषि शाखाका अधिकृत आशिष त्रिपाठी, जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेका थिए ।  

IMG_2641.JPG

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - ०८:१२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology