Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटधाममा लाग्ने बोलबम मेला व्यवस्थापनका लागि ५ निर्णय

देवघाटधाममा लाग्ने बोलबम मेला व्यवस्थापनका लागि ५ निर्णय

इच्छाकामना न्युज

१, श्रावण २०८१
देवघाटधाममा लाग्ने बोलबम मेला व्यवस्थापनका लागि ५ निर्णय

देवघाट । तनहुँको देवघाटधाममा लाग्ने बोलबम मेला व्यवस्थापनको लागि आज पुर्व तयारी बैंठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले मेला व्यवस्थापनको लागि विभिन्न पाँच निर्णयहरु गरिएको छ।

images

निर्णय अनुसार देवघाटमा साउन महिनामा लाग्ने बोलबम मेलालाई सभ्य व्यवस्थित पार्न साउन ६ गते आईतवारका दिन बिहान ७ बजे बृहत सरसफाइ गर्ने त्यसका लागि देवघाट क्षेत्र बिकास  समितीले सार्वजनिक आह्वान गर्ने साथै वेणी संगममा  ढुङ्गा व्यवस्थापनको लागि समेत समितिलाई जिम्मेवारी दिने, मेलालाई सुरक्षाको दृष्टिकोणले सुरक्षित तथा व्यवस्थित गर्न देवघाट गाउँपालिका कार्यालयले व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

450549739_831229772272905_8755294739374355545_n.jpg

यस्तै मेलामा यातायातको र पार्किङको व्यवस्थापन गर्ने जिम्मा ५ नम्बर वडा कार्यालयलाई दिने, सुरक्षा व्यवस्थापन देवघाट इलाका प्रहरी कार्यालयलाई जिम्मा दिने र  गलेश्वर नजिकको विपद् पहिरोको बाटोलाई आवातजावत बन्द गर्न र सो को पदमार्ग व्यवस्थापन गर्न गलेश्वर आश्रमलाई जिम्मा दिने निर्णय गरिएको छ । 

450535060_865949942048040_6880856934214410266_n.jpg

बैठकमा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ, देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, देवघाट क्षेत्र बिकास समितीका कार्यकारी निर्देशक सदन बराल, ५ नम्बर वडा सदस्य बुद्धिबहादुर पाण्डे, देवघाट क्षेत्र बिकास समिति सदस्य दिनानाथ न्यौपाने, देवघाट इलाका प्रहरी कार्यालयका इन्चार्ज ध्रुवनारायण श्रेष्ठ, कालिका टोल बिकास समितिका अध्यक्ष कृष्णराज न्यौपाने, एकता टोल बिकासका अध्यक्ष नारायण बहादुर अधिकारी, चक्रवर्ती मणिमुकुदेश्वर टोल बिकास समितिका सचीव रामहरि पुडासैनी, गलेश्वर आश्रमका प्रतिनिधि तोयनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - २१:५८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology