भुम्लिचोक, २२ असोज । गोरखाको गण्डकी गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले बुधबार नियमित अपडेट मार्फत गोरखामा दुई जना कोरोना संक्रमित थपिएको जनाएको छ।
जस अनुसार गण्डकी गाउँपालिकाको वडा नम्बर ७ का २२ वर्षिया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यस्तै अजिरकोट गाउँपालिकाको २६ वर्षका एक पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गण्डकी गाउँपालिकाका संक्रमित महिला कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् भने अजिरकोटका पुरुष धनुषाबाट आएका शिक्षक हुन्।