Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

सहिद लखन गाउँपालिकाको वार्षिक समिक्षा : आव ८०/८१ मा ८१.६ प्रतिशत खर्च

सहिद लखन गाउँपालिकाको वार्षिक समिक्षा : आव ८०/८१ मा ८१.६ प्रतिशत खर्च

images

इच्छाकामना न्युज

१८, श्रावण २०८१
सहिद लखन गाउँपालिकाको वार्षिक समिक्षा : आव ८०/८१ मा ८१.६ प्रतिशत खर्च
images

घैरुङ ।  गोरखाको शहिद लखन गाउँपालिकाको २०८०/८१ मा समग्र खर्च ८१.६ प्रतिशत भएको छ । बिहिबार सम्पन्न समिक्षा कार्यक्रममा उक्त जानकारी गराएको हो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरका अनुसार चालु तर्फ ८६.३४ र पुजीँगत  तर्फ ७२.०२ प्रतिशत खर्च गर्न सफल भएको हो ।  गाउँपालिका उक्त आर्थिक वर्षमा २ करोड ३६ लाख ९४ हजार ५४४ आन्तरिक तर्फ आम्दानी गरेको छ । गाउँपालिकाले रु. २ करोड ३५ लाख आन्तरिक आम्दानीको लक्ष्य लिएका थिए । गाउँपालिकाको वेरुजु भने ०.९७ प्रतिशत मात्र रहेको छ । गाउँपालिकाको भौतिक पूर्वाधार तर्फ आर्थिक वर्ष २०८०/८१ मा प्रशासकिय भवन निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको गाउँपालिका पूर्वाधार प्रमुख राजन रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ९ कार्यालय निर्माण सम्पन्न भएको छ । लखन थापा लोकमार्ग अन्तरर्गत नामजुङ–घैरुङ सडक खण्डको ३.५ कि.मि. कालोपत्रेको कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । देउराली व्हाक रानीधारा तिनघरे चिसापानी तिनमाने घैरुङ सडक स्तरोन्नती कार्यको दोश्रो चरणको काम सम्पन्न भएको छ । वडा नम्बर ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । चण्डिका आधारभूत विद्यालयको भवन निमाण कार्य सम्पन्न भएको छ । तिनमाने जुम्ली चौतारा राइनाश सडक स्तरोन्नती कार्य सम्पन्न भएको छ । गाउँपालिका परिसरको संरक्षण घेराबार तथा पूर्वाधार विकास निर्माण कार्य सम्झौता बमोजिम सम्पन्न भएको छ । सडक बोर्ड अन्तरर्गत सडक मर्मत सम्भार तथा स्तरोन्नती कार्यको बाँसकोट–बतासे सडकको काम सम्पन्न र जुम्लीचौतारा तिउरीभञ्ज्याङ ढाडबारी डाडाँ गाउँ सडक मर्मत कार्य सम्पन्न भएको छ । राङ्दीखोला झोलुङ्गेपुल निर्माण सम्पन्न भएको छ ।  यस अन्तरक्रियाले गाउँपालिकाको विगत वर्षको कार्य सम्पादनको समिक्षा गर्नुका साथै आगामी वर्षका लागि रणनीतिक योजनाहरू तर्जुमा गर्न महत्वपूर्ण योगदान पु¥याउने  गाउँपालिकाले जनाएको छ । व्यापक र समावेशी सहभागितामूलक कार्यक्रमले गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै यस कार्यक्रमले स्थानीय सरकारको कार्यप्रणाली र विकास प्रक्रियालाई अझ बढी प्रभावकारी र जनमुखी बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ । समग्रमा, यो वार्षिक समीक्षा कार्यक्रम शहिद लखन गाउँपालिकाको समग्र विकास र सुशासन प्रवर्द्धनको दिशामा एक महत्वपूर्ण कोशेढुंगा सिद्ध हुने विश्वास गरिएको छ ।कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा वडाध्यक्षहरुले वडाको प्रगति प्रतिवेदन प्रश्तुत गरेका थिए । ती प्रतिवेदनहरुमाथि छलफल तथा अन्तरक्रिया समेत गरेका थिए ।  कार्यक्रममा उपस्थित महानुभावहरुले आफ्नो सुझाव तथा प्रतिक्रियाहरु प्रश्तुत गरेका थिए ।  जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष रमेश बाबु थापाको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा  जिल्ला समन्वय समितिका उप प्रमुख लिला परियार, गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, वडाध्यक्षहरु, कार्यापालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।  कार्यक्रम गाउँपालिका सूचना अधिकारी पूर्ण बहादुर गहतराजले सञ्चालन गर्नुभएको थियो । 

images
प्रकाशित मिति :श्रावण १८, २०८१ शुक्रवार - ०८:२३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology