Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अमेरिका पठाई दिन्छु भन्दै ५४ लाख ठग्ने २१ वर्षीया युवती पक्राउ

अमेरिका पठाई दिन्छु भन्दै ५४ लाख ठग्ने २१ वर्षीया युवती पक्राउ

इच्छाकामना न्युज

२६, श्रावण २०८१
अमेरिका पठाई दिन्छु भन्दै ५४ लाख ठग्ने २१ वर्षीया युवती पक्राउ
images

काठमाडौं । अमेरिका पठाई दिने भन्दै ठूलो रकम ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएकी २१ वर्षीया लक्ष्मी माझी छिन् ।

images
images

अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ घर भएर अहिले तारकेश्वर नगरपालिकामा बस्ने माझीले अमेरिका पठाउँछु भनेर ५४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

अमेरिकामा मासिक दुई लाख तलव हुने जागिर मिलाई दिन्छु भनेर पीडितहसँग रकम उठाएपछि उनी फरार भएकी थिइन् । आरोपीलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २६, २०८१ शनिवार - ०८:०१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology