Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने तयारीमा 

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने तयारीमा 

इच्छाकामना न्युज

२७, माघ २०७७
प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने तयारीमा 
images

काठमाण्डौ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय जाने तयारीमा हुनुहुन्छ । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड–नेपाल नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दावी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली जानु भएन । उहाँ आज बिहान ११ बजे आयोगको कार्यालय जान लाग्नुभएको हो ।
नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दावी नपुगेको जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दावी गर्नु हुने बताइएको छ । संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गर्नुभएको छ भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहनुभएको छ ।

images
images

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०८:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology