Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अफ्रिकामा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा

अफ्रिकामा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा

एजेन्सी

३१, श्रावण २०८१
अफ्रिकामा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा
images

अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। सङ्गठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा समेत व्याख्या गरेको छ ।

images
images

मंकीपक्स एक सङ्क्रामक रोग हो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएको समाचारमा जनाइएको छ । 

अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा पनि तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले  रोग द्रुत रूपमा फैलिरहेको र नयाँ भेरियन्टसँगै उच्च मृत्यु दरप्रति  चिन्ता व्यक्त गरेका छन्।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - ०८:५०:४२ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology