कालिखोला । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित कालिखोलामा रहेको देविभञ्ज्याङ्ग आधारभुत विद्यालयमा निःशुल्क डेन्टल शिविर सम्पन्न भएको छ ।

ओम विराज डेन्टल केयर आँबुखैरेनीको प्राविधिक सहयोगमा लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटिको आयोजनामा उक्त विद्यालयका विद्यार्थीहरुको लागि निःशुल्क डेन्टल शिविर सम्पन्न भएको हो ।

शिविरमा करिब २ सय जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रध्यानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिए ।