धादिङ, २२ असोज
विहिबार धादिङमा ७१ जना कोरोना संक्रमित थपिए छन्। थप ३४ जना महिला र ३७ जना पुरुषमा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
यद्यपी स्वास्थ्य कार्यलय धादिङले भने ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
स्वास्थ्य कार्यलय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ३९ जना, खनियावासका ८ जना, ज्वालामुखीका ६ जना , गल्छीका २ जना गजुरी १, गंगाजमुना १, त्रिपुरासुन्दरी १ र थाक्रे गाउँपालिकका १ जना गरी ५९ जना कोरोना संक्रमितहरु थपिएका छन्।
नीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ का २३ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर १० का १ जना र वडा पहिचान नभएका ३ जना गरी ३९ जना रहेका छन्। यस्तै खनियावास गाउँपालिका वडा नम्बर ४ का ४ जना वडा नम्बर ५ का ३ जना र वडा पहिचान नभएका १ गरी कुल ८ जना रहेका छन्।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का १ जना र वडा पहिचान नभएका १ गरी ६ जना रहेका छन्। यसैगरी गल्छी गाउँपालिका वडा नम्बर १ का १ जना, वडा नम्बर २ का १ जना, गजुरी गाउँपालिका वडा नम्बर १ का १ जना, गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का १ जना ,त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का १ जना, थाक्रे गाउँपालिका वडा नम्बर ९ का १ जना रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो। यो सँगै धादिङमा कुल सङ्क्रमितको सङ्ख्या ५ सय ७१ पुगेको छ।