आँबुखैरेनी, २७ माघ । अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं तनहुँ आँबुखैरेनीमा सञ्चालित माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठलाई मातृशोक परेको छ। श्रेष्ठका आमा पित्त कुमारी श्रेष्ठको ६७ वर्षको उमेरमा केहि बेर अघि निधन भएको हो।
लामो समयदेखि अस्वस्थताका कारण काठमाण्डौमा उपचार गराईरहेको श्रेष्ठका आमा पित्त कुमारी श्रेष्ठको COPD Blood infection का कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।