Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रदेश माथिको प्रहार संघियताको मूल मर्म माथिको प्रहार हो : मन्त्री कृष्ण सिलवाल

प्रदेश माथिको प्रहार संघियताको मूल मर्म माथिको प्रहार हो : मन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

२७, भाद्र २०८१
प्रदेश माथिको प्रहार संघियताको मूल मर्म माथिको प्रहार हो : मन्त्री कृष्ण सिलवाल

चितवन । पछिल्लो समय प्रदेश संरचनाको आवश्यकतालाई लिएर जताततै प्रश्न उठ्न थालेको प्रति चिन्ता व्यक्त गर्दै प्रदेश माथिको प्रहार गर्नु भनेको संघियताको मूल मर्म माथि प्रहार गर्नु रहेको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले बताउनुभएको छ । आज बिहिबार भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

images

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा राजश्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोन्धन गर्दै मन्त्री सिलवालले प्रदेश संरचना नेपालको लागि नयाँ अभ्यास भएको भन्दै यसको आवश्यकता र महत्व माथि अहिले नै प्रश्न गर्नुपर्ने बेला नभएको बताउनुभयो । 

459232296_3449271521874533_528282100501582319_n.jpg

"देश संघियतामा जादै गर्दा प्रदेश संरचना हाम्रो लागि नयाँ अभ्यास हो, भर्खर ७ वर्ष भएको छ, अहिले नै यो संरचना माथि प्रश्न गर्नु जायज होइन" -उहाँले भन्नुभयो "बोरु केन्द्र सरकार मुख्य ३-४ वटा विषयमा मात्र केन्द्रीत रहेर बाँकी सबै क्षेत्रको अधिकार प्रदेशमा पठाई प्रदेशलाई स्वायत्त सहित अधिकार सम्पन्न बनाउन जरुरी छ ।"

यस्तै उहाँलेृ प्रदेश संरचना संचालनको क्रममा भएका त्रुटिहरुलाई सच्याउदै माथि यसको औचित्य पुष्टि गर्न सबै जनप्रतिनिधि राजनैतिक दलहरु लागिपर्नुपर्ने बताउनुभयो ।

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - २१:२७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology