Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

विपन्नलाई १० प्रतिशत अनुदान सहित गोरखाको गण्डकी गाउँपालिकाले सहुलियत पसल संचालन गर्ने

विपन्नलाई १० प्रतिशत अनुदान सहित गोरखाको गण्डकी गाउँपालिकाले सहुलियत पसल संचालन गर्ने

images

इच्छाकामना न्युज

२७, भाद्र २०८१
विपन्नलाई १० प्रतिशत अनुदान सहित गोरखाको गण्डकी गाउँपालिकाले सहुलियत पसल संचालन गर्ने
images

गण्डकी गाउँपालिकाले पालिका वासीको हितलाई ध्यानमा राखी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले पहिलो पटक चाडपर्व लक्षित सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने भएको हो ।फुलपातीबाट सहुलियत पसल सञ्चालन गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो ।उहाँका अनुसार एक परिवारले सहुलियत खाद्यान्न पसलबाट २ बोरा चामल, ५ किलो दाल,  ४ लिटर तेल र ४ किलो नुन सहुलियतमा प्राप्त गर्ने छ ।


 सबै वडामा सहुलियत पसल सञ्चालन गरिने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “सबै वडामा सहुलियत पसल सञ्चालन गर्ने तयारीमा छौँ, भूगोल अनुसार सबै टोलका बासिन्दालाई सहज हुने गरि वडामा एक भन्दा बढी पसल पनि सञ्चालन हुन सक्छ ।” अहिले पसल सञ्चालनका लागि सिलबन्दी दर भाउपत्र आवहान गरिएको उहाँले बताउनुभयो । 


विपन्नलाई १०  प्रतिशत अनुदान
यसैबिच गाउँपालिकाले सञ्चालन गरेको सहुलियत पसलबाट विपन्न परिवारले १० प्रतिशत अनुदान पाउने उहाँले बताउनुभयो । गाउँपालिकाले अनुदानका लागि रु १० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सहुलियत खाद्यान्न पसलबाट विपन्न परिवारले १० प्रतिशत सहुलियत प्राप्त गर्नेछ, गाउँपालिकाले  अनुदानका लागि रु १० विनियोजन गरिएको छ ।” विपन्न परिवारको विवरण संकलन गर्ने कार्य भइहेको उहाँले बताउनुभयो ।  

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - २१:४५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology