Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ताङ्लिचोकको रमाइलो तमु वस्तिमा बजारिया रक्सी प्रतिबन्ध !

ताङ्लिचोकको रमाइलो तमु वस्तिमा बजारिया रक्सी प्रतिबन्ध !

इच्छाकामना न्युज

५, आश्विन २०८१
ताङ्लिचोकको रमाइलो तमु वस्तिमा बजारिया रक्सी प्रतिबन्ध !

गण्डकी – गोरखाको गण्डकी गाउँपालिका वडा न २, तमु वस्तिमा विवाह, छेवर(ब्रतवन्ध), गून्योचोली, पास्नी लगाएतका भोजभतेरहरुमा बजारिया रक्सि पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नमुना महिला समूहको अग्रसरतामा आज बसेको बैठकले आजैको मितिबाट लागुहुने गरी उत्त निर्णय गरेको हो । नमुना महिला समूहको अध्यक्ष मिन कुमारी गुरुङको अध्यक्षतामा बसेको बैठकले उत्त निर्णय गरेको वडा सदस्य मिलन गुरुङले इच्छाकामना न्यूजलाई बताए । 

images


बैठकले उत्त निर्णय उल्ङ्घन गर्नेलाई ३५ हजार जरिवाना गर्न समेत निर्णय गरेको छ । समूहले आफ्नो स्थापना कालदेखिनै समाज सुधारसँग सम्बन्धित महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । गण्डकी गाउँपालिकाले पनि गण्डकी कोदोको रक्सी नाममको घरेलु रक्सीलाई ब्राण्डीङ र उत्पादन गर्दै आएको छ । 460846047_1309549997077673_6234428956063114254_n.jpg460846047_1309549997077673_6234428956063114254_n.jpg

images
प्रकाशित मिति :आश्विन ५, २०८१ शनिवार - २०:३५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology