Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रियल मड्रिड, स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा 

रियल मड्रिड, स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा 

एजेन्सी

२८, माघ २०७७
रियल मड्रिड, स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा 

रियल मड्रिड, स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै मड्रिड दोस्रो स्थानमा उक्लिएको हो । 
२२ खेल खेलेको मड्रिड ४६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा २ खेल कम खेलेको एट्लेटिको मड्रिड ५१ अङ्कका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको भने ४३ अङ्क रहेको छ ।सान्टियागो बर्नबाउमा साविक विजेता रियलले नयाँ सिजनको सुरुआतमा ९ जना सुरुआती टिमका खेलाडीलाई इन्जूरी तथा प्रतिबन्धका कारण गुमाएको थियो । त्यसैले उसको सुरुआत नै कमजोर र कठिन बन्यो ।
करिम बेन्जिमाले ६० औं मिनेटमा हेड गोलमार्फत घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । उहाँको यो २७ खेलमा १६ औं गोल हो । गेटाफेबिरुद्ध इडेन हाजार्ड, फेडेरिको भाल्भर्डे, टोनी क्रुस, अल्भारो ओडजियोजाला, कप्तान सर्जियो रामोस पनि अनुस्थित थिए ।

images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:५१:०१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology