Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जसपा गण्डकी गापाको अध्यक्षमा पुनः दवाडी चयन

जसपा गण्डकी गापाको अध्यक्षमा पुनः दवाडी चयन

इच्छाकामना न्युज

२८, माघ २०७७
जसपा गण्डकी गापाको अध्यक्षमा पुनः दवाडी चयन

गोरखा, २८ माघ । गोरखाको गण्डकी गाउँपालिका स्तरीय जनता समाजवादी पार्टीको अध्यक्षमा पुनः यमदत्त दुवाडी चयन भएका छन्। जसपा गण्डकी गापाको मंगलबार सम्पन्न समायोजन कार्यक्रमबाट अध्यक्षमा पुनः दुवाडी चयन भएको हो। 

images

148248490_3521013361342542_3920267476415948142_n.jpg
जसपाका केन्द्रिय सदस्य एवं गोरखा क्षेत्र नं. १ का इन्चार्ज गोपालबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलाले पार्टीको जिल्ला समन्वय समितिको सदस्यमा गाउँपालिकाबाट ५ जनाको नाम सिफारिस गरेको छ। नाम सिफारिस हुनेहरुमा यमदत्त दुवाडी, शेर बहादुर आले, गोबिन्द पन्त, ऋषि राम घिमिरे र राम प्रसाद न्यौपाने रहेका छन्। यस्तै भेलाले गाउँपालिकाको ८ वटै वडामा संयोजकहरु तोकेको छ। 
भेलामा पार्टीको गण्डकी प्रदेश समितिका सदस्य भिम श्रेष्ठ, मन्जु थापा, दुर्गा गुरुङ लगायतको उपस्थिति रहेको थियो। 

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ११:१७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology