Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गाउँघरमा दशैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

गाउँघरमा दशैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

इच्छाकामना न्युज

२१, आश्विन २०८१
गाउँघरमा दशैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

हेटौंडा । मकवानपुरका गाउँगाउँमा दशैँ आएपछि माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ ।

images

एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ ।

दशैँको घटस्थापना सुरु भएदेखि नै कुन पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो । सबैभन्दा राम्रो रातो माटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भए पनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी ५ का बृद्धा उसाकला सापकोटा बताउँछिन् ।

‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन् । घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक–अर्कालाई हेरेर बसेका छौँ ।’ घरअघि थुचुक्क बसेकी गौरी पुरानो घर नियाल्दै उनी भन्छिन्, ‘उहिलेको दशैँ त घर लिपपोत थालेको दिनबाटै सुरु हुन्थ्यो । अबको दशैँ त छोराछोरी आउलान् अनि लाग्ने त होला ।’

मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन । हरेक जसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटोन्मुख छ । यसरी घरको रंगमा मात्रै होइन, बनोटमा समेत फरक आइरहेको छ । मकवानपुरका गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ । जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो ।

images
प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - ०९:१९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology