Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बाआमा हाम्रा लागि विश्वविद्यालय हो : मन्त्री कृष्ण सिलवाल

बाआमा हाम्रा लागि विश्वविद्यालय हो : मन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

२१, आश्विन २०८१
बाआमा हाम्रा लागि विश्वविद्यालय हो : मन्त्री कृष्ण सिलवाल
images

चितवन । कार्यक्रममा प्रमुखअतिथिको रुपमा उपस्थित भएका बागमती प्रदेशसभाका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले समाज रुपान्तरणका लागि वृद्ध बाआमाको अनुभव सबैभन्दा मह¤वपूर्ण विषय भएको बताए । आइतबार चितवनको भरतपुर ११ स्थित बसेनीमा ज्येष्ठ नागरिक संघले आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै उनले यस्तो बताएको हो । ‘बाआमा भनेका समाजका लागि विश्वविद्यालय हुन्’, उनले भने, ‘उहाँहरुसँग जीवनभरको सीप, ज्ञान र अनुभव छ ।’

images
images

बाआमासँग भएको अनुभवलाई पुस्तान्तरण गर्न सके समाज रुपान्तरणमा ठूलो टेवा पुग्ने मन्त्री सिलवालले बताए । सन्तानले पनि आफ्ना अभिभावकलाई भगवान्को रुपमा पुज्ने वातावरण सिर्जना गर्न सुझाव दिए । ‘सरकारले गर्नुपर्ने काम संघले गरेको छ’, उनले भने, ‘अब तपाईंहरुको साथमा हामी छौँ ।’

मन्त्री सिलवालले ज्येष्ठ नागरिकका लागि आवश्यक पार्क निर्माण गरिदिने बचनसमेत दिएका छन् । ‘यसवर्षको बजेटमा के–कसरी काम गर्न सकिन्छ हेर्छु । अर्को वर्षको बजेटमा समावेशी तरिकाले समेटिने गरी बजेटको व्यवस्था मिलाउँछु’, उनले भने, ‘किनकि ज्येष्ठ नागरिकले तीनै तहको सरकारलाई नागरिकप्रति पूर्ण जिम्मेवार बन्न सिकाउँछ ।’ कार्यक्रम सकिएपछि मन्त्री सिलवालले ज्येष्ठ नागरिकको बहुउद्देश्यीय भवन रहेको जग्गाको निरीक्षणसमेत गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १३:२८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology