Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको भनाइ 

आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको भनाइ 

इच्छाकामना न्युज

२८, माघ २०७७
आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको भनाइ 
images

काठमाण्डौ, २८ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहा पाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।  प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताउनुभएको थियो र ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।  
आज आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिदै आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री ओलीलाइ सभा कस्तो हुन्छ ? देख्नुभयो ? भनेर प्रश्न गर्नुभएको थियो । 
अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने चेतावनी पनि उहाँले दिनुभयो ।  अध्यक्ष प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको पनि बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १९:०७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology