Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्तसहित ६ कूटनीतिज्ञलाई फिर्ता बोलायो

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्तसहित ६ कूटनीतिज्ञलाई फिर्ता बोलायो

images

एजेन्सी

२९, आश्विन २०८१
भारतले क्यानडाबाट आफ्ना उच्चायुक्तसहित ६ कूटनीतिज्ञलाई फिर्ता बोलायो
images

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । क्यानडामा सिख नेता हरदीप सिंह निज्जर हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच तनाव बढ्दै गएका बेला भारतले उच्चायुक्त वर्मा र अन्य ६ जना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, 'हामीलाई क्यानाडा सरकारले उनीहरूलाई सुरक्षा दिने विश्वास गर्दैनौं ।' 

क्यानडाले पनि भारतका ६ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उप उच्चायुक्त स्टुअर्ट ह्वीलरले भने, ‘हामीले क्यानडाको भूमिमा हाम्रो नागरिकको हत्यामा भारतीय एजेन्टको संलग्नतासँग सम्बन्धित बलियो प्रमाण उपलब्ध गराएका छौं । अब यी आरोपमा भारतले के कारबाही गर्छ त्यो हेर्न बाँकी छ ।'

भारतीय विदेश मन्त्रालयले भने यी आरोपलाई राजनीतिक प्रेरित भन्दै अस्वीकार गरेको छ ।

निज्जरको १८ जुन २०२३ मा हत्या भएको थियो । सेप्टेम्बरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई यो हत्याको आरोप लगाएका थिए । 

खालिस्तान समर्थकहरूलाई ट्रुडोको पार्टीको ठूलो भोट बैंक मानिन्छ। २०२१ को जनगणना अनुसार क्यानडाको कुल जनसंख्या ३.८९ करोड छ। जसमध्ये १८ लाख भारतीय छन् । यो क्यानाडाको कुल जनसंख्याको ५ प्रतिशत हो। जसमध्ये ७ लाखभन्दा बढी सिखहरू छन्, जो कुल जनसंख्याको २ प्रतिशत हुन्।

images
प्रकाशित मिति :आश्विन २९, २०८१ मंगलवार - ०७:४१:१६ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology