आँबुखैरेनी, ९ कार्तिक । भारतीय दूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले आँबुखैरेनी अस्पतालको अवलोकन भ्रमण गर्नुभएको छ ।
बिहीबार आँबुखैरेनी क्याम्पसको भवन समुदघाटन गरे पश्चात गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालको अवलोकल भम्रण गर्नुभएको हो ।
अवलोकल भम्रणका क्रममा अस्पतालको लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गाउँपालिका श्रोतले जनाएको छ ।